काठमाडौँ। पहिलो वैवाहिक सम्बन्ध बिग्रिएर एकल जीवन बिताइरहेकी लोकप्रिय गायिका मिलन नेवार भन्छिन्, ‘विवाहको विषयमा कुनै प्रेसर छैन ।’ करिब ८ बर्सअघि नै मीलनको डिभोर्स भएको थियो । कतिलाई त उनको विवाह भएको कुरा नै थाहा छैन । सन् २०११ मा मागी विवाह गरेका उनीहरूले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले श्रीमान्लाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

अब दोस्रो विवाहको विषयमा उनी सुनाउँछीन्, ‘हतार छैन कसैको दबाब पनि छैन, हेरौँ भविष्यमा के हुन्छ ।’ ‘गाला रातै’ ,‘फुल बुट्टे सारी’, ‘चरीले काफल टिप्यो’,‘घण्टी बज्यो’,‘बट स्लोली स्लोली’,‘तिम्रो मन बद्लिएछ’, ‘जैले सम्म संसारमा’ लगायत उनका थुप्रै हिट गीतहरू छन् ।

आसाममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । उनका मामा कृष्ण मिजाल र ठुलीआमा डुकुना नेवार आसामको सांगीतिक आकाशमा सफल थिए । उनीहरूको छत्रछायामा हुर्केकी मिलनले १३ वर्षको उमेरमा स्टेजमा गाउन थालिन्। मिलनको करिअरको टर्निङ प्वाइन्ट भने सन् २००३ मा भएको एक प्रतियोगिता भयो । जयपुरमा भएको प्रतियोगितामा उनी फस्ट रनरअप भइन् । उनी भन्छिन्, ‘त्यो उपाधिपछि मैले आसाममा आएर धेरै गीतहरू रेकर्ड गराउने अवसर पाएँ ।’ त्यसयता मिलन निरन्तर गीतसङ्गीतमै लागिरहेकी छन्। उनी रियालिटी सो कि निर्णायक समेत हुन्।








१४ श्रावण २०८२, बुधबार १०:२३ 








