काठमाडौँ। लोकप्रिय हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट कलाकार गणेश उप्रेतीले कम्ब्याक गर्ने भएका छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका उप्रेती यही फिल्मका लागि अहिले काठमाडौँ आएका छन् ।
गणेश उप्रेती पछिल्लो पटक फिल्म ‘होमवर्क’मा देखिएका थिए, जुन २०१६ मा रिलिज भएको थियो । ‘भाग्य रेखा’बाट फिल्म करिअर सुरु गरेका उनले ‘लक्ष्मी पूजा’, ‘दैव’, ‘ए मेरो हजुर’ जस्ता फिल्ममा गरेको अभिनय सशक्त मानिन्छ । उनले सन् २००० मा प्रदर्शित फिल्म ‘छोरो’को निर्माण समेत गरेका थिए ।
कुनै समय कलाकार गणेश उप्रेतीले नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका थिए । आफ्नो सक्रिय करिअरमा झन्डै एक सय फिल्ममा काम गरेका उनी कुनैमा बुबाको भूमिकामा देखिए त कुनैमा नकारात्मक भूमिकामा प्रस्तुत भए । फिल्ममा उनको राम्रै करिअर थियो । तर, केही वर्षअघि अमेरिका गएर त्यहीँ बसोबास गर्न थालेपछि उनको अभिनय यात्रामा विश्राम लागेको थियो।







१४ श्रावण २०८२, बुधबार १८:०७ 








