पूजा र सुदर्शनले ‘म यस्तो गीत गाउँछु’मा संयुक्त लगानी गर्ने

...

माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा नायिका पुजा शर्मा र निर्देशक सुर्दशन थापाले संयुक्त लगानी गर्ने भएका छन् । यस अघि सुदर्शनले मात्र लगानी गर्नेै भनिएको यस चलचित्रमा अब भने निर्माता बन्नका लागी नायिका पुजा पनि अघि सरेकी हुन् । चलचित्रको यहि महिनाबाट सुटिङ शुरु हुने बताइएको छ ।
pujha sharma and sudarshan thapa - artistkhabarनिर्देशक सुदर्शनले निर्देशन गर्ने भनिएको  चलचित्र ‘म यस्तो गीत गाउँछु’ खिच्ने भनिएको क्यामेरा अहिलेचलचित्र ‘पर्व’ मा प्रयोग भइरहेको कारण सुटिङ ढिला भएको निर्देशक सुदर्शनले बताएका छन् । पुर्ण रुपमा प्रेम कथामा बन्ने यस चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहने छ ।

यसैविच चलचित्रमा जम्मा ३ वटा गीत समावेश हुने बताइएको छ । यसअघि रेकडिङ् गरिएका ९ गीतमध्ये जम्मा ३ वटामात्र गीत चलचित्रमा समावेश गरिने निर्देशक सुदर्शनले जानकारी दिए । सुगम पोखरेल, अर्जुन पोखरेल, प्रमोद खरेल र अन्जु पन्तको आवाजमा समावेश ३ वटा गीत चलचित्रमा समावेश गरिनेछ ।