विवाह गर्दै अभिनेत्री आश्मा

...

काठमाडौँ ।  अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।

‘ड्रिम गर्ल’ चलचित्रबाट डेब्यु गरेकी आश्माले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।

उनको विवाह समारोह आज मुलपानीको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।

ashma giri