काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक परेको छ। उनकी श्रीमती सम्झना घिमिरेको साउन १० गते नै निधन भएको हो । अघिल्लो साता निधन भएपनि छोरा नेपाल बाहिर भएका कारण शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।
सुलेमानकी श्रीमतीलाई मिर्गौलामा समस्या थियो। केहि दिन अघि स्वास्थ्यमा थप समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
शुक्रबार पारिवारिक सदस्यको उपस्थितीमा उनको अन्त्येष्टि गरिएको छ।







१६ श्रावण २०८२, शुक्रबार १७:३७ 








