रेशम चौधरीको साङ्गीतिक उछाल, ५० वटा गीत रेकर्ड गराउने तयारी

...

काठमाडौँ। गायक तथा राजनीतिज्ञ रेशम चौधरी भन्छन्, दशैसम्म ५० वटा गीत रेकर्ड गरााउँछु । उनले यो तीजको पेरीफेरीमा मात्रै उनले १५ वटा गीत रेकर्ड गराईसकेका छन् । उनको ‘छैन नि चोलीया’ बोलको तीज गीत अहिले ट्रेन्डिङमा छ । उनी भन्छन् अब म गीतसङ्गीतमा लागे भने पछि हट्दिन । लागीरहन्छु ।

उनी राजनीतिमा होमीनुपुर्व पनि गायक नै थिए र अहीले पनि उनी गायनमै सक्रिय छन् । ‘कस्तो होला भाटु राजाको दरबार’ उनको सुपरहीट गीत हो । यती बेला रेसम चौधरी भन्छन् मैले राजनीति रोजेको होइन समय परिस्थितिले गर्दा म राजनीतिमा लाग्नुपरयो । साथै श्रीमती रन्जीतासँगको सम्बन्ध खटपटका विषयमा  पनि उनी प्रस्ट्याउँछन्  हावा नचली पात हल्लिँदैन । सम्बन्धमा विचलन आएकै हो ।

कैलालीमा जन्मिएका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनमा रुचि राख्थे । पढाई को कुरा गर्नुपर्दा उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । उनले हालसम्म ९३ वटा साङ्गीतिक एल्बम निकालेको बताउँछन् । साहित्य र पत्रकारितामा दक्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सगरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनले आफ्नै लेखन, निर्देशन, तथा अभिनय गरेर थारु चलचित्र पनि निर्माण गरेका थिए  । गायन तथा साङ्गीतिक क्षेत्रमा अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा ‘क’ श्रेणीको गायक मानिन्छन् ।