काठमाडौँ। रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ । प्रत्येक कोचको समूहमा २/२ जना फाइनलिस्ट छनोट भएका छन् । आगामी शनिबार कुनै एकले उपाधि हात पार्नेछ।
शनिबार राती ८ बजेसम्म भोटिङ खुला हुनेछ । शुक्रबार पनि ‘रोड टु फिनाले’ एपिसोड प्रसारण हुनेछ जसमा प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिनेदेखि भोट माग्ने सम्मका गतिविधि हुनेछन् ।
कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल अन्तिम आठमा प्रवेश गरेका छन् । कोच मेलिना राईको समूहमा सोनाली राजभण्डारी र नोरेन लोय क्षेत्री फाइनलिस्ट छन् । कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँ फाइनलिस्ट बनेका छन् । यसैगरी कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट बनेका छन् ।







१८ श्रावण २०८२, आईतवार १३:०३ 








