काठमाडौँ। छोरीको विषयमा बोल्दै दिलीप रायमाझी भन्छन्, ‘छोरी पढाउनकै लागी म अमेरिका गए । छोरी उतै हराउलिन् उतै बस्न रुचाउलिन् की भन्ने पिर लाग्थ्यो तर नेपाल आएर मेरै पेसा अङ्गालेकी छन्। अहिले निकै खुसी लागेको छ ।’ लामो समय अमेरिका बसेर अबको समय नेपालमा नै स्थायी रूपमै बस्ने गरी अभिनेता दिलीप रायमाझीको परिवार गत वर्ष अमेरिकाबाट नेपाल फर्किएको छ। नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् ।
अमेरिका बाट फकीएपछी दिव्याले ‘एक्टर : टेक वान’, ‘पीताम्बर’ लगायतका चलचित्र तथा म्युजिक भिडियोमा काम गरीसकेकी छन् । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई नेपालमै निरन्तरता दिने दिलीप बताउँछन् । ‘दर्पण छायाँ’ चलचित्रबाट सिने जगतमा चम्कीएका उनी एकै दीनमा सातवटा सम्म सिनेमाको सुट गर्थे । उनको करियर निकै उत्कर्षमा थियो तर काम गर्दै गर्दा उनी अमेरिका पुगे, उतै सेटल भए । अहिले उनी सपरिवार नेपाल आएर छोरीको करियर र आफ्नो पुनरागमन गर्दै छन् ।
धेरै नेपाली कलाकारहरू अहिले अमेरिकालाई नै भविष्य बनाएर उतै बसेका छन् । केही ग्रिन कार्ड होल्डर छन् त कोही त्यसैको प्राप्तिका लागि जोडदार लागिरहेका छन् । कतिपयले त नेपाली नागरिकता त्यागिसकेका पनि छन् । अमेरिका बसोबास गर्ने नायकहरूमा राजबल्लब कोइराला, जीवन लुइटेल, सुशिल क्षेत्री, सुमन सिंह, मुकेश ढकाल, लगायत छन् । उनीहरू नेपालमा कुनै समय राम्रै चलिरहेका थिए । तर, अहिले उनीहरू चलचित्र क्षेत्रलाई बिर्सिएर अमेरिकामा आफ्नो दैनिकी बिताइरहेका छन् ।
जीवन लुुईटेल हालसालै नेपाल आएका छन् । यस्तै जल शाह, अरुणिमा लम्साल, नन्दिता केसी, यूना उप्रेती, ऋचा घिमिरे, सारंगा श्रेष्ठ, पूजा चन्द, उषा पौडेल लगायतका नायिकाहरूको नाम पनि फिल्म क्षेत्रमा चिनिएको नाम हो । तर, उनीहरूले पनि अभिनय र नेपाली चलचित्रबाट अहिले टाढा छन् । केही कलाकार भने अमेरिकामा राम्रै आम्दानी गरेर नेपाल फर्किएका छन् । कोही कलकार भने अमेरिका र नेपाल आवत-जावत गरिरहेका हुन्छन् ।







१९ श्रावण २०८२, सोमबार १२:२९ 








