चाइनिज र स्पेनिश भाषा सिक्दै ‘माग्ने बुढा’

...

काठमाडौँ। हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले यति बेला दुई देशको भाषा सिकिरहेका छन्। उनले चाइनिज भाषा सँगै स्पेनिश भाषा पनि सिकिरहेका छन् । किन विभिन्न भाषा सिक्दै छन् त उनी ? यस विषयमा उनि प्रष्ट पार्दै भन्छन्,‘अलिकति केही मिनेट फुर्सद भयोकी मोबाइल चलाउने फेसबुक खोल्ने , कसले के बोल्यो हेर्ने सुन्ने अनि मन परेन भने फेरी भिडियो बनाएर हुन्छकी स्ट्याटस लेखेर हुन्छ गाली गर्ने प्रवृत्ति छ । यसकारण फेसबुकको लत हटाउन मैले यी भाषाहरू मोबाइलबाटै सिक्दै छु । यती भएपछि विदेश भ्रमणमा जाँदा पनि सजिलो भयो । नयाँ कुरा सिक्दा फाइदा नै हुन्छ । साथै उनी सुनाउँछन्, अब मैले जुन देशको भाषा सीक्छु त्यही भाषामा नेपालको पर्यटकीय स्थलको प्रचार पनि गर्छु ।’

एक समय बिहान बेलुका घर धान्नकै लागी निकै सङ्घर्ष गरेका ‘माग्ने बुढा’आज सबैभन्दा बढी पारिश्रमिक लीने कलकार बनीसकेका छन् । उनलाई लिएर फिल्म बनाउन निर्माताहरूको होडबाजी छ । उनी एकपछि अर्को फिल्म साइन गरी रहेका छन् । ‘माग्ने बुढा’ मात्रै होइन उनका स -परीपार श्रीमती र छोराले पनि चलचित्रमा डेब्यु गरीसकेका छन् । उनका छोराले त डेब्यु चलचित्र ‘होस्टेल ३’ बाट नै सफलताको स्वाद चाखीसकेका छन् । यता श्रीमती पनि टेलीसीरीयल नाटक हुँदै फिल्मसम्म आईपुगीसकेकी छन् ।

ashish ghimire