‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भगेरा र भगेरी’ सार्वजनिक

...

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’मा समावेश दोस्रो गीत सार्वजनिक गरिएको छ। ‘भगेरा र भगेरी’ बोलको सार्वजनिक प्रेमिल गीतमा रिदम कंडेल र बेनिशा पौडेलको स्वर छ। शब्द बिदुर तिमल्सिना र कम्पोज पनि गायक रिदमले नै गरेका हुन्। गीतमा बाँसुरी नगेन्द्र बिक्रम राई र मादल पोसान मगरको छ।      

गीतको भिडिओमा चलचित्रका दुई मुख्य कलाकार अभिनेत्री सुरक्षा पन्त र अभिनेता मन्जिल कुमारको नृत्य देख्न सकिन्छ । मन्जिलले सुरक्षालाई प्रेमिल शब्दले फकाइरहेका छन्।      

सेभेन सिज इन्टरनेसनलको युट्युवमा सार्वजनिक गीतको भिडिओमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। गीतको मिठासपन लाई लिएर धेरैले प्रतिक्रिया जनाइरहेका छन्।       

सरोज पौडेलको निर्देशनमा  तयार भएको चलचित्र ‘कोशेढुङ्गा’  आगामी भदौ १२ गते रिलिज हुँदै छ । निदेशक पौडेल तिनै निर्देशक हुन् जसले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ सुपरडुपर हिट भएको थियो। त्यसैले पनि  ‘कोशेढुंगा’ चलचित्र  बहुप्रतिक्षित चलचित्र बनेको छ । चलचित्र  नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने तयारीमा छ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।

बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रकै कै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।
Video:
https://youtu.be/Mz0bBsw8Qvg?si=aK5_YCeFNneZC7W9