फिल्म ‘ताराहरू’ सेन्सर पास

...

काठमाडौँ। आगामी भदौ ६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ताराहरू’ सेन्सर पास भएको छ ।फिल्मको सेन्सरमा चलचित्र सेन्सर बोडले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

अशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’मा निर्देशक शर्माकै मुख्य भूमिका छ साथै अभिनेत्री मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाल लगायतको अभिनय छ ।

‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको फिल्ममा मूल कथा श्रीमान श्रीमतीको भए पनि यसमा किशोर किशोरीहरू समेत भएकले यो सबै उमेर र वर्गका लागि स्वादिलो र हेर्न पर्ने प्रेरणादायी चलचित्र बनेको दाबी निर्माण पक्षको छ ।