‘देखन चम्पा’का गायकले शुरु गरे रोयल्टी दिने काम

...

माघ, काठमाडौं । पछिल्लो समयको चलचित्र ‘छक्का पञ्जा’मा समावेश ‘देखन चम्पा’ बोलको गीत गाएर चर्चा बटुल्दै गरेका गायक कृष्ण काफ्लेले गीतकार एवं संगीतकालाई रोयल्टी दिने कार्यको शुरुवात गरेका छन् । पहिले पनि राम्रो ब्यानरका केही गीतहरु गाए पनि ‘छक्का पञ्जा’को देखन चम्पा बोलको गीत गाएपछि उनको चर्चा एकाएक चुलिएको थियो ।
royaltiविभिन्न स्टेज कार्यक्रमहरुमा गीत गाएर गायकले पारिश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धि विहिन हुने भन्दै अब उनले यो कुरालाई मध्यनजर गर्दै रोयल्टीको प्रथा शुरु गरेका हुन् ।

आफ्नो गीत चर्चित भएको र चर्चित भएसंगै विभिन्न स्टेज कार्यक्रममा आफूलाई मान सम्मान दिन बोलाउनेको जमात बढ्दै गइरहेको बेला गीत संगीत चर्चित हुनुमा गीतकार र संगीतकारको प्रमुख भूमिका हुने भएकोले रोयल्टी प्रथाको शुरुवात गरेको काफ्लेले बताएका छन् ।
krishna kafleयसै साता मात्र दाङमा आयोजित स्टेज कार्यक्रम गरेर फर्किएका काफ्लेले आफूले पाएको पारिश्रमिकबाट देखन चम्पा बोलको गीतका गीतकार शान्ती प्रिय र संगीतकार दीपक शमालाई १५÷१५ प्रतिशत रोयल्टी दिएर शुरु गरेका छन् । उनले आगामी दिनमा आफूले गाउने गीतको श्रष्टालाई रोयल्टी नियमित उपलब्ध गराउने बताएका छन् ।