सबैले बिहे नगर भन्नुहुन्थ्यो – स्वस्तिमा खड्का

...

काठमाडौँ। १० वर्ष अघि नायिका स्वस्तिमा खड्काले  सबैको इच्छा विपरीत विवाह गरेकी थिइन् । २० वर्षको  कलिलै उमेर  र भर्खरै पहिलो फिल्ममा काम गर्ने बित्तिकै उनले विवाह गरिन् । त्यो समयमा स्वस्तिमालाई विवाह गर भन्ने कोही थिएनन् ।

उनको डेब्यु फिल्म  ‘होस्टेल रिटर्न्स’ हिट भएपछि उनले आफ्नो करियर बनाएर मात्रै विवाह गर्नुपर्छ भनेर धेरैले सुझाव दिए । सबैले उनलाई भन्ने गर्थे यो त तिम्रो समय हो । पहिलो फिल्म हिट भयो तिमिले धेरै कामको अफरहरू पाउन सक्छौ, यो त तिम्रो करियर बनाउने राम्रो समय हो । यती छिटै विवाह गरेर भविष्य नबिगार । तर स्वस्तिमाले कसैको नसुनेरै विवाह गरिन् ।

स्वस्तिमा खड्का अहिलेका व्यस्त तथा लोकप्रिय अभिनेत्रीहरू मध्येकी एक हुन् । उनको विवाह भएको  एक दशक पुगी सकेको छ । र विवाह पछि नै करियर सकिन्छ भन्न्हरुका लागी उनले विवाहपछि नै  करियर बनाएर एक उदाहरणीय नायिका बनेकी छन् । अभिनेत्री स्वस्तिमाले २० वर्षको उमेरमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग विवाह २०७२ सालमा विवाह गरेकी हुन् ।