एक वर्षपछि सुनिलले पाए कार

...

काठमाडौँ । कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले उपाधिसँगै घोषणा गरिएको कार पुरस्कार बिहीबार प्राप्त गरेका छन्। उनले गत वर्ष असारमा उपाधि जितेका थिए। करिब ४० लाख रुपैयाँ मूल्य बराबरको कार कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारीले  हस्तान्तरण गरे।

फस्ट रनरअप ऋषभ काफ्ले र सेकेन्ड रनरअप सुएसा खनाललाई अर्को साता पुरस्कारस्वरुप स्कुटर प्रदान गरिने भएको छ । अहिले चलिरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन सकिएपछि डेढवर्षमा ‘कमेडी च्याम्पियन’को चौंथो सिजन आयोजनाको तयारी छ ।

sunil khadka -