काठमाडौँ । नयाँ सिरियल ‘बसि बियालो’को प्रसारण सुरु भएको छ । प्रत्येक शुक्रबार साँझ ७ बजे बसि बियालो युट्युव च्यानलमा प्रसारण हुने यो सिरियलको गएको शुक्रबार भाग एक प्रसारण भइसकेको छ भने आज दोस्रो भाग प्रसारण हुने तयारीमा छ । यो सिरियलले मनोरन्जनसँगै सन्देशलाई जोड दिएको देखिन्छ ।
सिरियलको पहिलो एपिसोडमै गाउँमा किशानहरुको समस्यालाई देखाइएको छ । बिशेषगरी किसानहरुको रोपाईको समयमा मलको अभावलाई देखाइएको छ । रमाइलो तरिकाले सन्देश दिँने शैलीलाई दर्शकले मन पराएका छन् । सिरियललाई रमेश बुढा मगरले निर्देशन गरेका हुन् । सिरियलमा रमेश आफैले पनि अभिनय गरेका छन् । रमेशले यसअघि पनि थुप्रै सिरियलमा काम गरिसकेका छन् । सिरियलको स्क्रिप्टको काम टुल्कु तामाङ र बिष्णु प्रसाद मरासिनीले गरेका छन् भने स्टोरी र कन्सेप्ट टुल्कु तामाङको हो । सिरियलका निर्माता भने किरन बिष्ट मगर हुन् । निर्माता किरनले सिरियलबाट दर्शकलाई मनोरन्जन मात्र हैन सन्देश पनि दिन आफ्नो उद्देश्य रहेको बताएका छन् । सिरियल खिच्ने काम शिव बिकले गरेका छन् भने सम्पादनको काम सन्दिप चौधरीले गरेका छन् ।
सिरियलमा चर्चित देखी नव कलाकारहरुको अभिनय देख्न सकिन्छ । गिरी प्रसाद पुन, शर्मिला शर्मा, रत्न प्रजापती, अशोक सिवाकोटी, भगवान भण्डारी, टुल्कु तामाङ, मुस्कान लामा, रमेश बुढा मगर, बिष्णु प्रसाद मरासिनी, निमा लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पछिल्लो समय नेपाली सिरियलको क्षेत्रमा निकै धेरै सिरियलहरु युट्युवमा सार्वजनिक भइरहेका छन् । त्यसमध्ये केहिले सातामै २० देखी ३० लाखसम्मको भ्युज पनि पाउने गरेका छन् । नेपालमा पछिल्लो समयको तथ्यांक हेर्ने हो भने कमेडी भन्दा सेन्टिमेन्टल सिरियलहरुमा बढी भ्युज देखिन्छ । यो भिडमा बसि बियालो सिरियलले कस्तो छाप बनाउला त ? तपाई पनि एकपटक यो सिरियल हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ ।







२३ श्रावण २०८२, शुक्रबार १२:३३ 








