मलेसियामा भोलीबाट हुने ‘युनिक धमाका ४’ का लागी कलाकारको टोली मलेसिया पुग्यो

...

माघ, काठमाडौं । मलेसियामा भोली शनिबार बाट शुरु हुने युनिक धमाका ४ का लागी सम्पुर्ण कलाकारहरु मलेसिया पुगेका छन् । चाइनिज नया बर्षको अवसर पारेर मलेसियाको बिभिन्न शहरमा हुने ‘युनिक धमाका ४’ साँस्कृतिक कार्यक्रममा नेपालबाट ९ जनाको कलाकारको टोली मलेसिया पुगेको हो ।

unik dhamaka 4 malaysia
जम्मा तिनदिन सम्म चल्ने उक्त कार्यक्रम जनवरी २७ बाट हुने भनिए पनि बिशेषकारणले एकदिनको कार्यक्रम नगरीएको र अन्य तिनदिनको कार्यक्रम गरीने आयोजकले बताएको छ । जनवरी २८ मा बाख्री ८, जनवरी २९ मा ग्रीसिक र जनवरी ३० मा रिभर भ्यु को सभाहल मुहरमा हुने आयोजक मध्येका कलाकार प्रकाश योगीले जानकारी दिए ।


यस बर्ष को धमाकाको सम्पुर्ण तयारी पूरा भएको आयोजक नवीन खडकाले जानकारी दिए । कार्यक्रममा नेपालबाट लोकदोहोरी गायक गायिका, भोजपुरी गायक तथा नायिका त्यसैगरी हाँस्कलाकारको टोलीले उपस्थित दर्शकलाई मनोरञ्जन दिने खड्काले बताए ।
unique dhamaka 4 malaysia

कार्यक्रममा लोक दोहोरी गायक प्रकाश कटुवाल, गायिका शुशिला गौतम, हाँस्य कलाकार सुलेमान शंकर (इकु), भोजपुरी गायक सन्तोश राज, भोजपुरी नायिका प्रीना तिवारी, डान्सर ऋषिका चौधरी, रिया श्रेष्ठ र रायमा लिम्बू लगायत स्थायिन कलाकारहरुको अभिनय तथा प्रस्तुती रहने बताइएको छ ।

‘युनिक धमाका ४’ को आर्टिस्ट खबरडटकम मिडिया पार्टनर रहेको छ ।