काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको ११औँ पुण्य तिथि । उनी स्वर्गारोहण भएको ११ वर्ष भएको छ । तर आजका दीनमा पनि उनी आम जनताको मनमा उनै उस्तै लोकप्रिय छन् । वि.सं २०७१ साल साउन २५ गते उनको निधन भएको थियो । नायिका श्वेता खड्कासँग विवाह भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण दिल्ली पुगेका थिए । दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए । निमोनियाले ग्रसित भएपछि उपचारका लागि दिल्ली गएका श्रीकृष्णको निधन हाडको क्यान्सरका कारण भएको थियो ।
श्रीकृष्णको निधन भएको समयमा उनी अभिनीत चलचित्र ‘कोहिनुर’ हलमा चलिरहेको थियो । श्रीकृष्णले आफूले निर्माण गरेको चलचित्रको सफलता हेर्न पाएनन् । तर ‘कोहिनुर’ चलचित्रले बक्स अफिसमा नयाँ रेकर्डसहितको व्यापार गरेको थियो । अर्को श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ बक्स अफिसमा सुपर हिट भएको थियो ।
उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, सुख दुःख, ए मेरो हजुर, हामी तिन भाइ, कहाँ भेटिएला, कोहिनुर’ बक्स अफिसमा हिट मानिन्छन् । श्रीकृष्णले चलचित्र ‘भुमरी’बाट वि.सं २०४५ मा चलचित्र क्षेत्रमा पाइला राखेका थिए । उनले नायकको रूपमा भने ‘नाता’ चलचित्रबाट अभिनयलाई अगाडि बढाएका थिए । नायक श्रीकृष्ण श्रेष्ठले चलचित्र क्षेत्रलाई छाडेर गएको ११ वर्ष भएको छ । आज नीता ढुङ्गाना लगायतका अन्य कलकारहरूले उनलाई सम्झिएर स्ट्याटस लेखेका छन् ।








२३ श्रावण २०८२, शुक्रबार १८:१७ 








