काठमाडौँ । ‘भ्वाइस किड्स’को चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए। ।
फिनालेमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईको टोलीबाट दुई–दुई जना अन्तिम चरणमा पुगेका थिए। मेलिना राईको टोलीबाट सर्वाधिक भोट पाउँदै सोनाली विजेता बनेकी हुन्।







२५ श्रावण २०८२, आईतवार १०:१६ 








