काठमाडौँ।हास्य कलकार दीपकराज गिरि प्रहरीको जागिर छाडेर कलाकारितामा होमिएका व्यक्ति हुन्। उनी भन्छन्, ‘म असई भर्ती भएको थिएँ ट्रेनिङमा बिताएको एक दिन पनि एक वर्षजस्तो लाग्थ्यो, त्यसैले ट्रेनिङ छाडेर भागेँ।’ दीपकका बुवा छोराले राम्रो जागिर खाओस् भविष्य सुरक्षीत गरोस् भन्ने चाहन्थे । तर दीपकलाई भने सानै देखी नै कलकार भन्ने होड थियो । यतीसम्म की उनी नेपाल प्रहरीमा भर्ती समेत भएका थिए । तर कलकारको सपना बोकेका उनले प्रहरीको जागिर मेरा लागी होइन भन्ने सोचे र ट्रेनिङबाट भागे ।
त्यसपछि उनीले कलाकारिता सुरु गरे र आज हास्यकलाकार हुँदै नायक-निर्माता बनीसकेका छन् । दीपकराज गिरी निकै रुचाइएका हास्य कलाकार हुन्। रेडियो कार्यक्रम तथा टेलिसिरियल हुँदै स्थापित भएका यी कलाकार हाल फिल्म निर्माणमा सक्रिय छन्। उनले निर्माण गरेका ३ फिल्म ‘छ एकान छ’, ‘वडा नं. छ’ र ‘छक्का पञ्जा’ सर्वाधिक रुचाइएका फिल्म हुन्। छक्का पञ्जा सबैभन्दा बढी कमाउने नेपाली फिल्म पनि हो।

दीपकराजमा सानैदेखि कलकारितातर्फ रुचि थियो। सानैदेखि फिल्मको पारखी थिएँ। गाउँघरमा पनि जहिल्यै फिल्मका संवादहरू बोलिरहन्थेँ, त्यसैले गाउँमा उनलाई फिल्मी कान्छो भनेर बोलाउने गर्थे । २०३२ सालमा काठमाडौँको दह चोकमा जन्मिएका दीपक २०६० सालबाट कलकारितामा सङ्घर्ष गर्दै हालसम्ममा पनि कलकारितामा सक्रिय छन् ।








२५ श्रावण २०८२, आईतवार १६:४५ 








