भुवनले होटलको बिल नतिरेको बिषयमा भुवन र साहुनीको यस्तो भनाई

...

Bhuwan-Kc-artist khabar

असार, काठमाडौं ।  नायक भुवक केसीले पोखराको एक होटलमा पैसा नतिरेर गाडि नियन्त्रणमा लिएको समाचार बाहिर आएसँगै नायक केसी र होटल साहुनीले आफ्नो भनाई राखेका छन् । केसीको आफ्नै निर्देशन र लगानीमा बन्न लागेको ड्रिम्स नामक फिल्म पोखरामा करिब एक महिना छायाङकन भएको हो । नायक केसी सहितको ४० जनाको टोली पोखरा ड्यामसाईड स्थित पिस फुल होटलमा करिब डेढ दर्जन कोठामा २५ दिन यता बसिरहेका थिए । त्यसमध्ये यसको टोली काठमाण्डौ फर्किएपनि भूवन केसी र अन्य केही टिमसँग आवद्ध चलचित्रकर्मी पोखरामा नै छन् ।

 

नायक भुवन केसीको भनाई
नायक भुवन केसीले यस्तो समाचार मिडियामा आउँदा आफु छक्क परेको बताएका छन् । उनले आफू भागेर कतै नगएको र होटलमा नै बसेको बताउँदै सबै हिसाब मिलाउनकै लागि आफु पोखरामा बसेको बताए । आफुसँग भर्खर होटलको बिल आएर र अब यसलाई मिलाएर पोखरा जाने उनले बताए । ठुलो रकमको कारोबारमा हिसाब मिलाउन केहि दिन लाग्ने भएकोले मिडियाले यसरी समाचार बाहिर निकालेकोमा अचम्म परेको समेत केसीले बताए ।

 

होटल साहुनीको भनाई
त्यस्तै होटल सञ्चालन गर्दै आएकी विन्देश्वरी श्रेष्ठले पनि यस बिषयमा आफ्नो भनाई राखेकि छिन् । उहाँहरुले सबै कुरा क्लियर नै गर्नुभएको छ । उहाँहरुले सबै रकम तिरेरै जाने भन्नु भएको छ ।’ यसो भन्दा हामीले अरु एक्सन लिनु राम्रो हुँदैन, उनले भनिन् ।