छाडा गायक भनेर ट्याग दिनेहरूलाई कुमार बस्नेतको जवाफ

...

काठमाडौँ।  आफूलाई छाडा गायक भनेर ट्याग दिनेहरूलाई कुमार बस्नेत भन्छन्, ‘जनताले भनेको कुरा स्वीकार गर्नैपर्यो जनतालेनै मलाई लोक सम्राट को ट्याग दिनुभयो विश्वसामु पपुलर बनाउनुभयो अनि मैले गाएका कुनै कुनै गीतलाई आधार मानेर छाडा गीत गाउने गायक भन्दिनुभयो । त्यसमा मैले बोल्नै मिलेन  यसकारण चुप लागेर बस्नुभन्दा अरू विकल्प थिएन ।’

कुमार बस्नेत यस्ता गायक हुन् जसले गाउँघरका चलनचल्तीका भाका टपक्क टिपेर जस्ताको त्यस्तै अगार्नीक लवजमा गीत बनाउँथे, गाउने गर्थे । उनले न साहित्य मिसाउँथे,न कुरा फेर्थे जस्तो सुन्थे जस्तो देख्थे केही फिल्टर नगरी त्यस्तै गीत बनाउँथे । उनका ‘भात जति खाए नि भोक लाग्छ तरुनी देख्दा लोभ लाग्छ’,‘लै बरी लै’,‘छोरी भन्दा आमा तरुनी’ ,‘हेर्दा राम्रो माछापुच्छ्रे’ लगायत थुप्रे हिट गीत छन् ।

कुमार बस्नेत नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। काठमाडौँको कमल पोखरीमा जन्मिएका उनको बाल्यकाल भने दोलखामा बित्यो। उनी लोकगायक भए पनि उनले सञ्चय कोषमा ३० वर्ष जागिर खाए । नेपाली लोक सङ्गीतमा उनको योगदान अतुलनीय छ । पूरै जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका थुप्रै गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । उमेरका हिसाबले उनी ८३ वर्ष लागी सकेका छन् र गीतसङ्गीतमा अझै सक्रिय छन् ।