गायक प्रकाश ओझा प्रक्राउ, अदालतले सुनायो १० बर्षको जेल सजाय

...

माघ, काठमाडौं । गायक प्रकाश ओझालाई अदालतले १० बर्षको जेल सजाय सुनाएको छ । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा शुक्रबार अदालतबाट १० वर्षको सजाय सुनाइएको छ । साथै केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको छ ।

Prakash_Ojha-27012017044827-1000x0
४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो ।

अदालतको फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेको हो ।