सिडीको जमाना हराउँदा म पनि हराए- नवराज घोरासैनी

...

काठमाडौँ।  ‘घुम्तीनीर लेट भयो, सानु मायालाई बाटैमा भेट भयो’.… कुनै समयको निकै चर्चित कालजयी गीतका गायक नवराज घोरासैनी आजभोलि कता हराए त ? अहिले सबैको मनमा यहि प्रश्न छ।  करिब १० १५ वर्ष अघिका उनका गीतहरू सर्वाधिक हिट हुन्थे । हरेकका घरमा रेडियो टेलिभिजनमा उनकै गीत बज्ने गर्थ्यो । सबैको ओठमा उनकै गीत झुन्डिन्थे । तर पछिल्लो समय भने उनी त्यति सक्रिय छैनन् ।

‘गमलामा जाई’, ‘घर त पुर्व हो’, ‘झिलझिल मोटर कार’, ‘हुक्का चिलिमले’, ‘चाँगुनारायण थान’, ‘मिरमिर कपालैमा’, लगायत थुप्रै हिट गीत छन् । लोक- सङ्गीतमा उनले एक क्षत्र राज गरे । तर पछिल्लो समय उनी त्यति सक्रिय छैनन् । बिचमा उनी हराएजस्तो देखिए । यस विषयमा उनी भन्छन्, ‘सिडीको जमाना हराउँदा म पनि हराएजस्तो भए । घर व्यवहारले पनि च्याप्यो । गीत सङ्गीतको बजार पनि रूपान्तरण भयो । यस कारण म निष्क्रिय भए ।’

उनका ३ छोरा र एक छोरी छिन् । उनकी छोरी मनीषा घोरासैनी पनि गायिका बनीसकेकी छन् । नवराजले करिब ८०० भन्दा बडी गीतमा आवाज भरी सकेका छन् । उनले २०५४ देखि २०६८ सम्म नेपाली लोक सङ्गीतमा एकछत्र राज गरेका थिए । बिचमा उनले १० वर्ष हराएर ‘मिरमिरे कपालैमा’ गीत मार्फत कमब्याक गरेका छन् ।

nawaraj