‘मिस युनिभर्स नेपाल २०२५’सँग जोडिए एक्सएज र अमृत तेल

...
काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस युनिभर्स नेपाल २०२५’चलिरहेको छ । गएको असार अन्तिममा पुर्वका दुई ठाउँ र काठमाडौंमा गरिएको अडिसनबाट १८ जना छानिएसँगै आयोजक ग्लोबल ग्याल्मर भेन्चरले प्रायोजकहरु सार्वजनिक गरेको छ ।  यसपटकको ‘मिस युनिभर्स नेपाल २०२५’मा पावर्ड वाईमा मोबाइल तथा एसिसोरिजको ठुलो ब्राण्ड एक्सएज र अमृत तेल जोडिएका छन् ।
‘मिस युनिभर्स नेपाल २०२५’की नेशनल डिरेक्टर संगीता पुरीले आफूहरुलाई विश्वास गरेर धेरै ब्राण्ड जोडिएकोमा खुसी व्यक्त गरिन् । उनले सबै प्रायोजकहरुलाई धन्यवाद दिइन् । गएको शनिबार आयोजकले होटल हिल्टनमा एक बिशेष कार्यक्रमको आयोजना गर्दै मिस युनिभर्स नेपाल २०२५सँगजोडिएको ब्राण्ड रिभिल गरेको थियो ।
कार्यक्रममा स्किन केयर पार्टनरमा ट्रु डर्मा, क्राउन पार्टनरमा सगुन ज्वेलर्ज, हस्पिटालिटी पार्टनरमा हिल्टन काठमाडौं, बैकिङ पार्टनरमा ग्लोबर आईएमई, सेलिब्रेशन पार्टनरमा केएफसी, कस्मेटिक पार्टनरमा जाभेरा कस्मेटिक, ब्रेकफास्ट पार्टनरमा पोमेली, फुड पार्टनरमा कुको लाउञ्च, ओरल हेल्थ पार्टनरमा गम्स एण्ड गमिज् मिस युनिभर्स नेपालसँग् जोडिएको जानकारी गराइएको छ ।
त्यस्तै, इभेन्टको म्यागेजिन पार्टनरमा वो म्यागेजिन, अफिसियल डिजाइनर पार्टनरमा जेडी इन्स्टिच्युट अफ फेसन टेक्निोलोजी, स्टाइलिङ पार्टनरमा पेज थ्रि, ब्रोडकान्टिङ पार्टनरमा एपिवान टेलिभिजन, फिटनेश पार्टनरमा गोल्ड जिम, प्रिन्ट मिडिया पार्टनरमा अन्नपूर्ण, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, भोटिङ पार्टनरमा खल्ती, डोमेस्टिक एअरलाइन्स पार्टनरमा एति एअरलाइन्स, अन्तर्राष्ट्रिय एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, डिजिटल मार्केटिङ पार्टनरमा युनाइटेड डिजिटल क्रिएटिभ एजेन्सी, मेकअप पार्टनरमा मेकअप दरबार, हल्पिटल पार्टनरमा ग्रिनसिटी हस्पिटल, स्किन क्लिनिक पार्टनरमा दि कोस्मो, स्पोन्सर्ड म्यानेजमेन्ट पार्टनरमा काजी प्रोडक्सन रहेका छन् ।
कार्यक्रममा डिजिटल मिडिया पार्टनरमा ओएसआर डिजिटल, बेभेरेज पार्टनरमा सिप एण्ड स्किप, स्विम सुट एण्ड फिट वेर पार्टनरमा जिम वल्फ, टेलिकम पार्टनरमा नेपाल टेलिकम, अडियो भिजिओल पार्टनरमा टिम एक्सएल, सपोर्टमा फ्लाई टेक रहेको जानकारी गराइएको थियो ।
यो पटक देखि टिभि सिरिज समेत ल्याउने तयारी गरेको मिस युनिभर्स नेपाल २०२५ को उचाई ह्वात्तै चुलिएको छ ।