काठमाडौँ। अध्यात्ममा लागेका खलनायक हुन् शिशिर बाङ्देल । पर्दामा खलनायक तर रियलमा निकै सरल छन् उनी । सिनेमामा उनी नेगेटिभ पात्रमा देखिन्छिन् । दर्शकहरूले पनि उनलाई खल पात्रको रूपमा निकै रुचाएका छन् । झट बाहिरी रूपमा उनलाई हेर्दा गुन्डा शैलीका देखिन्छन् कपाल पाल्छन् ,लामो दारी पाल्छन्, हात भरी ट्याटु र औँठी लगाएका छन् । देख्दा रीसालु हक्की देखिन्छन् । तर वास्तवमा उनी धेरै सरल र सहज छन् ।
शिशिर भन्छन्, ‘मलाई देखेर कतिपय साना नानीहरू डराउनुहुन्छ कति ठुलै मानिसहरू पनि यसले त कुट्छ नै होला गुन्डाजस्तो छ सोच्नु हुन्छ तर मलाई देखेर कोहीपनी नडराउनुहोस् भन्ने लाग्छ ।’ पछिल्लो केही वर्षयता उनी अध्यात्ममा लागेका छन् । हरेक दीन २ ३ घण्टा त उनी ध्यान गर्ने गर्छन् ।
दर्जनौँ चलचित्रमा काम गरीसकेका शिशिर ‘कबड्डी’ चलचित्रबाट दर्शकको नजरमा परेका हुन् । उनी अभिनयमा लाग्नुभन्दा पहिला गायक थिए । उनले निकै मीठो गीत गाउँछन् । उनी विवाहित हुन् । विदेशी प्रेमिकासँग विवाह गरेका थिए । तर उनको वैवाहिक सम्बन्ध एक वर्ष पनि भएन । त्यसयता उनी एकल जीवन बिताईरहेका छन् ।







२७ श्रावण २०८२, मंगलवार १५:५५ 








