रेखा र पूजाको ‘छत्तिसको आँकडा’

...

काठमाडौँ।  रेखा थापा र पूजा शर्माले अब  ‘छत्तिसको आँकडा’ फिल्ममा  सहकार्य गर्ने भएका छन्। रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि एकपटक फेरि फिल्ममा देखिने तयारीमा छन् । यो चलचित्रलाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

यही शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्मको शुभ–मुहूर्त गरेर छायांकन सुरू गरिने स्रोतले बताएको छ  । निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा रेखा र पूजासँगै अभिनेता महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।