मैले कुमा सागरलाई धेरै सपोर्ट गरेको छु- आस्था राउत

...

काठमाडौँ।  कुमा सागरलाई गाली गरेको भिडियो भाइरल भएपछि आस्था राउत भन्छिन्, ‘मैले गाली हैन कुमा सागरलाई धेरै सपोर्ट गरेको थिए । तर अडीयन्सहरुले गलत बुझेर धमाधम मलाई गाली गरीरहनुभएको छ ।’  उनले दर्शकलाई कुरा बुझेर मात्रै कमेन्ट गर्न अनुरोध पनि गरेकी छन् ।

आस्था थप सुनाउँछीन्, ‘मैले त कुमालाई अगाडी लैजान अरू कोचहरूसँग झगडा नै गरेको छु । मैले उसको नराम्रो कहिले सोचिन । अहिले उ सबैको प्रिय बनीरहेको छ त्यो मेरो लागी निकै गर्वको कुरा हो । आफ्नो चेलाको राम्रो भएको कसले हेर्न चाहँदैन । मैले त कुमालाई पोलिस गरेको हो । यसकारण आज उ चम्कीरहेको छ ।’

कुमा सागर ६ वर्षअघि ‘भ्वाइस अफ नेपाल’मा प्रतिस्पर्धी बनेका थिए । सोही क्रममा आस्थाले उनलाई गाली गरेको भिडियो अहिले भाइरल बनेको हो।