टिका सानुले उद्घाटन गरिन् मीनुको दुबईमा रहेको जेएनडी ज्वेलरी 

...

काठमाडौँ।  नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा (मीनु)ले दुबईको बरदुबईमा आफ्नो जय नवदुर्गा ज्वलेरी जेएनडी ज्वेलरी शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छन् । ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण छुट्टै पहिचान स्थापित गरेकी सपनाले आफ्नो व्यवसायीक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याएकी छन् ।

उनले बरदुबईमा  पाँचौँ शोरुम सञ्चालनमा ल्याएकी हुन् । शोरुमको उद्घाटन टिका सानु र पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले संयुक्त रूपमा रिबन काटेर गरेका छन् ।

नयाँ शोरुममा आधुनिक डिजाइनका सुन -चाँदीका गरगहना,रत्नजडीत डायमन्ड सेट तथा अर्डर- मेड डीजााईनहरु सुपथ मूल्यमा उपलब्ध हुने शर्माले बताएकी छन् ।