काठमाडौँ। मोडल उषा उप्रेती फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएकी छन्। बुधबार निर्माण पक्षले उषालाई अनुबन्ध गरेको हो । उनको भूमिकाबारे भने जानकारी गराइएको छैन । एक सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उषाले ‘आचार्य’ चलचित्रका लागि पनि सम्झौता गरेकी छन्।
यसअघि यो फिल्ममा विपना थापा, पल शाह, सिमरन पन्त, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । फिल्ममा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने पलले उनीहरुको छोराको भूमिका निभाउनेछन् । प्रदीप र विपनाले यसअघि ‘ह्रस्व दीर्घ’मा पनि एकसाथ काम गरेका थिए ।
द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौ अन्तिमबाट सुरु गरिने जनाइएको छ ।







३० श्रावण २०८२, शुक्रबार ०८:२८ 








