काठमाडौँ। इन्डियन आइडलमा जान चाहन्थे करण परियार । उनको जन्म गाउँ इन्डियाको बोर्डर नजिकै हो । यसकारण सानै देखी उनले हिन्दी गीतमा लगाव राखे र नेपाली भन्दा हिन्दी गीत नै सुन्न र गाउन मन पराउँथे ।
करण इन्डियन आइडल जाने तयारीमा थिए तर उनलाई पढाउने एक शिक्षकले पहिला नेपाल आइडलमा भाग लिएर केही सिकेर केही बुझेर मात्रै इन्डियन आइडलमा जान सम्झाउँछन् । र सोही अनुरूप मात्रै उनी नेपाल आइडलमा अडिसन दिए ।
अडिसन दिँदासम्म पनि उनलाई मैले नेपाल आइडलमा जित्छु, मैले राम्रो गीत गाउन सक्छु भन्ने कल्पना गरेका थिएनन् । तर उनको जीवनमा नसोचेको भयो । अडिसनबाटै उनको आवाज जर्ज लगायत सारा नेपालीले रुचाए । र अन्ततः उनले सबैको मन जितेर नेपाल आइडलको उपाधि चुमे । र अब इन्डियन आइडल जाने सपना पुरा गर्ने उनले बताएका छन् ।







३० श्रावण २०८२, शुक्रबार ०९:०२ 








