काठमाडौं । गायिका एलिना चौहान अमेरिका उडेकी छन् । आफ्नो अमेरिका यात्राबारे जानकारी दिँदै उनले संजालमा लेखेकी छन्, ‘केही महिनाको सांगितिक कार्यक्रम अन्तर्गत अमेरिका जाँदैछु । यो यात्रालाई म केवल यात्रा होइन, सपना पूरा गर्ने अवसरको रुपमा लिएकी छु ।’
उनले थप लेखेकी छन्, ‘तपाईंहरुको सदैवको यात्रा, साथ र प्रेरणाले मलाई यहाँसम्म ल्याएको हो । अब संगीतको आवाज अमेरिकामा गुन्जनेछ।’ एलिना पहिलो पटक साङ्गीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी छन्।








३० श्रावण २०८२, शुक्रबार ०९:१२ 








