‘प्रेमगीत ३’कि हिरोइन क्रिस्टिनाले सुरु गरिन् बुटिक व्यवसाय

...

काठमाडौँ । अभिनेत्री क्रिस्टिना गुरुङले व्यवसाय सुरु गरेकी छन्। उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा कृष्ण जन्माष्टमीको दिन पारेरसञ्चालनमा आएको उनको बुटिकमा महिलाका लागि विभिन्न डिजाइन र रङ्गका आकर्षक कुर्थादेखि साडीसम्म उपलब्ध छन् ।

क्रिस्टिनाले सामाजिक सञ्जालमा बुटिक व्यवसाय सुरु गरेको जानकारी  दिएकी छन् । ‘कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैँ विशेष रहँदै आएको छ । र यस वर्ष यो अझ अर्थपूर्ण कुराको सुरुवात हो’, उनले अगाडि भनेकी छन् ‘कृष्ण जन्माष्टमीको शुभदिन पारेर यो नयाँ यात्रा सुरु भयो । सबैलाई स्वागत छ ।’

क्रिस्टिनाले  ‘प्रेमगीत ३’बाट अभिनयमा डेब्यु गरेकी हुन् ।  त्यसपछि अरु फिल्ममा काम गरेकी छैनन्।

Kristina gurung