काठमाडौँ। अब आफै चलचित्र बनाउने तयारीमा जुटेका छन् केदार घिमिरे ‘माग्ने बुढा’। अहिले छक्क पन्जा टिम भन्दा बाहिरको चलचित्र गरीरहेका केदार घिमिरे बाहिरी चलचित्र काम गर्नुभन्दा पहिला आफै चलचित्र बनाउने सोचका साथ स्क्रिप्ट लेखी रहेका थिए । तर स्क्रिप्ट तयार गर्दै -गर्दा धमाधम थुप्रै चलचित्रबाट अफर आएपछि आफू उक्त स्क्रिप्ट थाती राख्दै अहिले बाहिरी फिल्ममा लागेको र पछिल्ला दीनमा आफूले आफ्नै लगानीमा फिल्म निर्माण गर्ने उनी बताउँछन् ।
शुक्रबारदेखि रिलिज तयारीमा रहेको उनको आगामी फिल्म ‘माग्ने राजा’का लागि केदार घिमिरेलाई अहिले दर्शक फकाउन भ्याइनभ्याइ छ । प्रदर्शनको उल्टो गणना चलिरहँदा फिल्मको टोली अहिले कलेज -कलेजमा पुगेर दर्शक भेटिरहेको छ । कार्यक्रममा पनि पुगेर कलाकारले फिल्म हेर्न आग्रह गरिरहेका छन् ।
केदार घिमिरे को मुख्य भूमिका रहेको यो पहिलो फिल्म हो।







४ भाद्र २०८२, बुधबार १०:१० 








