‘लप्पन छप्पन’को ‘माया बढ्यो झन् झन्’ गीत सार्वजनिक (भिडियो)

...

माघ, काठमाडौं । चलचित्र ‘लप्पन छप्पन’मा समावेश एक गीतको भिडियो सार्वजनिक गरीएको हो । आउँदो चैत्र ११ गतेबाट रिलिज हुने यस चलचित्रमा समावेश ‘माया बढ्यो झन् झन्’ बोलको गीतको भिडियो सार्वजनिक गरीएको हो । जसमा दीपकराजको स्वर, शब्द र संगीत छ ।
lappan sappan nepali movieगीतमा चलचित्रका नवकलाकार प्रकाशजंग शाह र सिड खरेलको साथमा नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, देवु श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।


गोल्डेन हिल्स पिक्चर्स र बसुलिङ फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको मुकुन्द भट्टले निर्देशन गरेका हुन् भने डम्बर चन्दले निर्माण गरेका हुन् । साथै चलचित्रका इन्द्र प्रसाद खरेल सह निर्माता, सहदेव गौतम कार्यकारी निर्माता हुन् ।