६ महिनाको युके टुर सकाएर नेपाल फर्किइन् गायिका भूमिका शाह

...

काठमाडौं । गायिका भूमिका शाहले आफ्नो ६ महिनाको युके टुर सकाएर नेपाल फर्किएकी छिन् । साँगितीक टुरका लागी ११ फ्रेब्रुअरीमा युके प्रस्थान गरेकी भूमिका यहि १० अगस्टमा नेपाल फर्किएकी हुन् । उनले उक्त टुरमा झण्डै ३५ वटा कार्यक्रम सम्पन्न गरेको आर्टिष्ट खबरलाई जानकारी दिइन् ।

साँगितीक बजारमा फरक परिचान बनाउँदै अगाडी बढेकी गायिका भूमिकाले लमजुङ समाज युके, दुरा समाज युके, शान्ति नेपाली समाज युके, जिमी राई समाज युके, ब्रिस्टोल समाज युके, सोलुखुम्बु समाज युके, आर.जि.एन.सी समाज युके लगायतका संस्थाले आयोजना गरेका बिभिन्न कार्यक्रममा पुगेर आफ्ना गीतहरु प्रस्तुत गरेकी थिइन् ।

Bhumika Shah

आफ्नो साँगितीक जीवनको दुईदशकको यात्रामा भूमिका अहिलेसम्म ६ पटक युके पुगिसकेकी छिन् । दर्शक तथा स्रोताको मायाले पटकपटक युके गएर नेपाली दर्शकलाई आफ्ना गीतमा नचाउन पाउँदा खुसी लागेको बताउँछिन् । भूमिकाले अहिलेसम्म १५० बढी गीतमा स्वर दिइसकेकी छिन् । ति मध्ये हेरि रमाइलो, साउने झरी, रोधी घरमा, आँखा मार्यो, रेलको साँचो लगायतका गीत चर्चामा रहेका गीत हुन् ।
अहिले नयाँ गीतको तयारीमा जुटेको भूमिकाले जानकारी गराएकी छिन् ।