काठमाडौँ। निखिल उप्रेती र अरुणिमा लम्सालको त्यो एक फिल्म जसले गर्दा यो जोडीले एकसाथ लगातार १८ वटा फिल्ममा काम गर्ने अवसर पाए । आखिर कुन हो त त्यो चलचित्र ? निखिल र अरुणिमाले पहिलो पटक ‘धड्कन’ चलचित्रमा एकसाथ काम गर्ने अवसर पाए । यही चलचित्रबाट यो जोडीले नसोचेको माया पाए । निखिल र अरुणिमाको केमेस्ट्री अत्याधीक रुचाइयो ।
अरुणिमा भन्छिन्, ‘अझैपनी तपाईँले निखिल जीसँग बिहे गर्नुन भन्ने कमेन्टहरू आउन छाडेका छैनन् । हाम्रो जोडीलाई दर्शकले आजका दीनसम्म पनि एकदमै मन पराउनुभएको छ ।’ धेरैले यी दुईलाई रियल जोडी मान्ने गर्थे । धड्कन फिल्मको ‘नाच्छ यो मन किन किन’, ‘मेरो मनैको फुल टिपी’, ‘सुनकै चुरा नसके नि’ गीत अझैपनी उत्तिकै लोकप्रिय छ ।








६ भाद्र २०८२, शुक्रबार १०:५१ 








