हरेक फिल्म रिलिज हुनु अघि बुवालाई भेट्न गाउँ पुग्छन् केदार घिमिरे

...

काठमाडौँ। केदार घिमिरे आफ्ना हरेक फिल्म रिलिज हुनु अघि बुवालाई भेट्न गाउँ पुग्छन् । आजबाट ‘माग्ने राजा’ चलचित्र हलमा लागीरहेको छ । यसमा ‘माग्ने बुढा’ केदार घिमिरे मुख्य भूमिकामा छन् । फिल्म रिलिज हुनुभन्दा अगाडी उनी हिजो मात्रै आफ्नो जन्मगाउँ पुगेर आएका हुन् । उनी हिजो मात्रै होइन आफ्ना हरेक फिल्म रिलिज हुनुभन्दा अघि बुवाको आशीर्वाद थाप्न घर जाने गरेको कुरा उनले सुनाएका छन् ।

केदार घिमिरे भन्छन्, ‘म एक भुईमान्छे हु आफ्नो जन्म गाउँ पुग्दा म आफ्नो धरातलमा पुगेको हुन्छ । त्यहाँ मेरो घर जल्यो, कति सपनाहरू जले,मैले धेरै मेरा दुखका क्षणहरू त्यही बिताएको छु यसकारण म मा घमन्ड नपलाओस्, मैले आफ्नो धरातल नबिर्सिऊ भनेर आफ्नो माटो आफ्ना जन्मदाता बुवाको हातको आशीर्वाद लीन म गाउँ जाने गर्छु ।’

केदार घिमिरे उनी हेटौडाका स्थानीय बासिन्दा हुन् ।उनी “मेरी बास्सै” नामक टेलिशृङ्खलाबाट लोकप्रिय बनेका हुन् । केदार बालकै हुँदा उनकी आमाले संसार छाडेर गइन् । करिअर सुरु हुने बेलामा घरमा आगलागी भयो । उनले आजको यो सफलता पाउन धेरै सङ्घर्ष गरेका छन्।