काठमाडौँ। बैंकर बन्ने बाटो बाट मोडिएर हिरोइन बनेकी नायिका हुन् वर्षा सिवाकोटी । अभिनेत्री वर्षा सिवाकोटीका बुवा बैकमा जागिरे थिए । उनले आफ्नी छोरीलाई पनि बैंकर बनाउने सपना देखेका थिए । तर दुर्भाग्य भन्नुपर्छ वर्षाका बुवाको हर्ट अट्याकको कारण निधन भयो ।
बुवाको नीधनसंगै वर्षाको सपना,करियर पनि परिवर्तन हुँदै गयो । बुवाको निधन हुँदा वर्षा कक्षा ११ मा पढ्दै थिइन् । वर्षा सानै देखी आमाभन्दा बुवासँग नजिक थिइन् । उनका बुवाले पनि वर्षालाई आफु जता गयो सँगै लिएर जान्थे ।
वर्षाको बुवा छोरी बैंकर नै बनोस् भन्ने चाहन्थे यस कारण वर्षाले पनि प्लस टु ब्याचलरमा म्यानेजमेन्ट लिएर अध्ययन गरिन् । यो स्थानमा आईपुग्दा वर्षा भन्छिन्, ‘बुवा हुनुभएको भए म यो क्षेत्रमा आउँदैनथे होला । तर आज यो क्षेत्रमा लागेर जति मेरो परिवार लाई दिएको छु त्यति चैँ दीन सक्दैनथे । जे छु खुसी छु सन्तुष्ट छु ।’







६ भाद्र २०८२, शुक्रबार १५:५९ 








