अन्जुको प्रेम दिवस गीत ‘जीन्दगीको प्राप्ति तिमी’ (भिडियो)

...

<p><b>फागुन, काठमाडौं ।</b> गायिका अन्जु पन्तको स्वरमा रहेको प्रेम दिवस बिशेष गीत सार्वजनिक गरीएको छ । ‘जीन्दगीको प्राप्ति तिमी’ बोलको यस भिडियो सहितको सार्वजनिक गीतमा प्रेमको भाव झल्किएको देखिन्छ । अन्जुले प्रमेदिवसको दिन गीत सार्वजनिक गर्दै आफ्नो दर्शक तथा श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको बताएकी छिन् ।</p><p>’मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ’, अन्जुले भनिन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लण्डनको रमणिय स्थानमा गरिएको छ । गीतमा शब्द भने नृपेश उप्रेतीको रहेको छ । गीत नृपेशको ’आहान अर्को खुशीमा’ एल्बममा समाविष्ट रहेको छ । विकेश र अनुको अभिनय रहेको यस भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।&nbsp;<br><iframe frameborder="0" src="//www.youtube.com/embed/_IcUH61hvHA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>