<p><b>फागुन, काठमाडौं ।</b> सर्वाधिक चर्चासँगै कमाएको चलचित्र बाहुबलीको सिक्वयलमा स्टार शाहरुख खान पनि देखिने भएका छन् । साथै ‘बाहुबली’मा दक्षिण भारतीय फिल्मका सूर्या तथा मोहनलाल जस्ता ठूला स्टारहरू देखिने बताइएको छ । अब दक्षिण भारतीय स्टार र बलिउडबाट शाहरूख खानले चलचित्रमा बिशेष भुमिका निभाउने छन् ।</p><p>चलचित्रमा शाहरुखको कस्तो भुमिका हुने बारे बिस्तृतमा नबताइए पनि उनी विशेष भूमिकामा देखिने नयाँ चर्चा चल्न थालेको छ। करिब २०० करोड भारूमा निर्माण भएको फिल्मले रिलिज अगावै वितरण तथा सेटेलाइट अधिकार विक्रीबाट करिब ५०० करोड भारू कमाइसकेको छ ।</p><p>चलचित्रमा प्रभास, राना दग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराज तथा नासिरको मुख्य भूमिका रहेको छ। फिल्म अप्रिल २८ मा रिलिज हुनेछ। </p>







१० फाल्गुन २०७३, मंगलवार १६:०८ 








