चलचित्रकर्मि र संगीतकर्मिहरुले गरे ‘कलेक्टिभ फेमिली स्टोर’ उद्घाटन

फागुन, काठमाडौं । लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने गरी ‘कलेक्टिभ फेमिली स्टोर’ संचालनमा आएको छ । काठमाण्डौको भिमसेन गोलामा रहेको यस स्टोर मंगलबार एक कार्यक्रमका बिच नेपाली चलचित्रकर्मि तथा सांगीतिक क्षेत्रका कलाकारहरुले संयुक्त रुपमा उद्घाटन गरे ।

openingस्टोर उद्घाटनका लागि नायिका सुष्मा कार्की, पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राई स्टोर पुगेका थिए । स्टोरका म्यानेजिङ डिरेक्टर राजेन्द्र लिङ्देनले एउटा परिवारका हरेक उमेरका मानिसहरुका लागि हरेक प्रकारका सामान स्टोरमा पाइने बताए । फ्रेवुअरी १४, १५ र १६ तारिखमा ३० प्रतिशतको छुट रहेको लिङ्देनले बताए ।

उद्घाटन कार्यक्रममा पुगेका कलाकारले आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । गायक बाबु बोगटी, विनोद खम्बुले गीत गाँउदा हाँस्य कलाकार विल्सन विक्रम राइले भने दर्शकलाई आफ्नो कमेडी प्रस्तुतीबाट हँसाएका थिए । नायक गौरव पहारी अहिलेको चर्चित गीत ‘साइली’मा नृत्य गर्दा दर्शकले हुटिङ गरेका थिए ।

कलाकारहरुले एकसाथ रिवन काटेर स्टोरको उद्घाटन गरेका हुन् । कलाकारले स्टोरमा परिवारका लागि सबै सामाग्री पाइने भन्दै ‘कलेक्टिभ फेमिली स्टोर’ सबैका लागि सपिङको राम्रो स्थान भएको बताए ।