पढाई भन्दा ठुलो केही रहेनछ -दुर्गेश थापा

...

काठमाडौँ। पछिल्लो पुस्ताका निकै रुचाइएका कलाकार हुन् दुर्गेश थापा। हरेक उमेर समूहका बालक देखि वृद्धसम्म सबैले उनका सिर्जनाहरू मन पराउँछन्। यो समयमा दुर्गेश थापा भन्छन्, ‘पढाई भन्दा ठुलो केही रहेनछ । पहिला म सबैभन्दा ठुलो नाम र दामलाई मान्थे अहिले पढाई लाई मान्छु । दुर्गेश स्वयम्ले भनेका छन् म २ कक्षामा २ चोटि फेल भएको मान्छे हु । पढ्ने बेलामा सोच्थे म जसरी पनि पैसा कमाउँछु पढाई कनी चाहियो र । तर आज यो सफलताको बिन्दुमा आइपुगेपछि बल्ल बुझ्दै छु पढाई विना त जिन्दगी  अपुरो रहेछ ।उनी थप सुनाउँछन्, ‘जहाँ जानुस् तपाईँले कति पढ्नुभएको भन्ने प्रश्न आउँछ ।’

डाईभर बन्छु भनेर घर बाट निस्किएका दुर्गेश थापा आज एक चर्चित, लोकप्रिय कलकार बनेका छन् । शैक्षिक योग्यताको कुरा गर्नुपर्दा उनले अरू कलकार सरह डिग्री को सर्टिफिकेट लिएका छैनन् तर कलकारितामा भने सबैलाई पछि पारीरहेका छन् । उनको डिमान्ड अहिले यती छ की एकै दीनमा २ स्थानमा कार्यक्रम गर्छन् । देश विदेश भ्याई रहेका छन् ।