काठमाडौँ। गत वर्ष नै रजतपटमा डेब्यु गरेकी अभिनेत्री नीति शाह भन्छिन्, ‘बल्ल आफ्नो अभिनय देखाउने अवसर पाए । ‘कोशेढुंगा’ चलचित्र मेरो फिल्मी करियरको पनि कोशेढुंगा नै साबित हुनेछ भन्ने विश्वास छ।’
‘खजुरे ब्रो’ चलचित्रबाट नेपाली सिने नगरीमा डेब्यु गरेकी नीतिले त्यसपछि थुप्रै चलचित्रमा काम गरिन् । तर यसअघि उनलाई अभिनय नै गर्न नआउने भन्दै ट्रोल गरिन्थ्यो । नाच्न नजान्ने हिरोइनको ट्याग दीईन्थ्यो । तर ‘कोशेढुंगा’ चलचित्र मार्फत उनले आफूलाई धेरै निखारेकी छन् जुन कुरा फिल्मको गीत ट्रेलर, टीजरमा पनि देख्न सकिन्छ ।
यती बेला नीति भन्छिन्, ‘यो चलचित्र मार्फत मैले धेरै कुरा सिक्ने अवसर पाए । अग्रज कलकारहरूको अभिनय प्रत्यक्ष रूपमा हेर्न बुझन पनि पाए । अन्य चलचित्रमा भन्दा कोशेढुङगाामा मेरो रोल लामो पनि छ । मैले आफ्नो अभिनय देखाउन पाएको छु । यसकारण यो चलचित्र मेरो करियरको कोशेढुंगा नै साबित हुनेछ ।’







११ भाद्र २०८२, बुधबार १७:३३ 








