काठमाडौँ । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबिचको विवाद मिलेको छ। केही समयअघि अभिनेता धीरज मगर विरुद्ध चलचित्र ‘ऐरी’ को निर्माण कम्पनी मल्टी म्याट प्रा.लिबाट १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतिपूर्ति माग गर्दै निर्माता सङ्घमा उजुरी परेको थियो ।
उजुरीमा अभिनेता मगरले चलचित्रका लागि कागजी सम्झौता गरेर अग्रिम भुक्तानी लिइसकेपछि १६ दिन मात्र छायाङ्कनमा गई, बाँकीको २८ दिन छायाङ्कनमा समय नदिएको र उनको गैरव्यवसायीक,गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठुलो क्षति पुगेको कुरा उल्लेख थियो । त्यसैले निर्माण टिमले मगरविरुद्ध उजुरी हालेका थिए ।
अन्तत: विवाद मिलेपछि तोकिएको अवधिमा अभिनेता मगरले छायाङ्कनका लागि समय दिने सहमति भएको छ भने अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म फिल्मको छायाङ्कन समय तोकिएको छ । यससँगै अभिनेता मगरले रकम तिर्नु नपर्ने भएको छ ।







१२ भाद्र २०८२, बिहीबार ०९:५७ 








