शाहरुख खानलाई फेरी अर्को तनाब

फागुन, काठमाडौं । बलिउड स्टार शाहरुख खान बेलाबखतमा चर्चामा आईरहन्छन् । चलचित्रको क्षेत्रबाट उनको चर्चा चलेकै हुन्छ तर अन्य कारणले पनि उनको चर्चा चलिरहेको हुन्छ । अहिले भने उनी केहि समस्यामा छन् ।

केहि समय अघि उनको चलचित्र रईसको प्रमोशनको दौडधुपका क्रममा रेलवे स्टेशनमा भएको हंगामा तथा एक युवकको मृत्युको विषयमा चर्को विरोध भएको छ । चर्को विरोधपछि अदालतको आदेशमा राजस्थानको जीआरपी चौकीले शाहरुख खानको विरुद्ध केस दर्ता गरेको छ । यो मामला पनि फिल्म रईसको प्रमोशनसँग जोडिएको छ ।

शाहरुख खान फिल्म रईसको प्रमोशनको लागि मुम्बई बाट दिल्लीसम्म रेल यात्र गर्दै थिए । यसैबीच स्टेशनमा प्रशंसकको अभिवादन गरे । यस क्रममा कोटा रेल्वे स्टेशनमा शाहरुख खान पुगे त्यहाँ १० मिनेट रेल रोकिएको थियो । उनले बेलुन, तथा अन्य बस्तु आफ्ना समर्थक तर्फ फाकेका थिए ।

साहरुखलाई हेर्नका लागी रेल स्टेसनमा निकै नै भिड थियो । प्रहरीलाई भिड हटाउने निकै हम्मे परेको थियो । प्रहरीले भिड नियन्त्रण गर्न लाठी चार्ज समेत गर्नुपरेको थियो । जसका कारण एक खाद्य उद्योगसमेत प्रभावित भएको थियो ।

त्यस्तै रेलमा रहेको समानसमेत विग्रिएको थियो । शाहरुख खानका कारण यी सबै समस्या भएका भन्दै रेलका चालकले रेल कम्पनीमा उजुरी दिएका थिए । यसकै आधारमा त्यहाँको अदालतले यसबारे अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।