काठमाडौँ । फिल्म ‘कोशेढुंगा’ आज (विहिबार) देखि देशैभरका १०३ शोसहित रिलिजमा आएको छ । भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसर पारेर फिल्मलाई रिलिज गरिएको हो । बुधबार साँझ काठमाडौंमा भब्य प्रिमियरको आयोजना गरिएको थियो । जसमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन र निर्माताको वितरण रहेको यो फिल्मको कथा वस्तु र मेकिङ शैलीको तारिफ प्रिमियरमा गरिएको थियो ।
फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा, आर्यन सिग्देलको अभिनय रहेको जनाइएको छ । यो फिल्मलाई विहिबारदेखि नै सेभेन सिज इन्टरन्यासनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरेको छ । जसअनुसार, अस्ट्रेलिया र फ्रान्समा आजै देखी फिल्म प्रदर्शनमा आएको सेभेन सिज इन्टरन्यासनलले जानकारी दिएको छ । यस्तै युके, क्यानडा, न्युजरल्याण्डमा भने अर्को साताबाट प्रदर्शन हुने बताइएको छ ।
अमेरिकामा भने भोली शुक्रबारबाट फिल्म रिलिजमा आउने बताइएको छ ।







१२ भाद्र २०८२, बिहीबार १०:०२ 








