काठमाडौँ । ऋषि पञ्चमीको अवसरमा काठमाडौंको गणेशस्थान मन्दिरमा फिल्म ‘स्त्री’ को शुभमुहूर्त गरिएको छ। जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म भदौ १४ गतेबाट छायाङ्कन सुरु हुनेछ। फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहने छ।
समिर राई र डा. सुकदेव बिस्ट निर्माता रहेको यो फिल्म सामाजिक कथामा बन्ने बुझिएको छ। साथै फिल्ममा बाल कलाकार दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको अभिनय रहने छ ।







१२ भाद्र २०८२, बिहीबार १४:३९ 








