काठमाडौँ।सलिनमान बनियासँगको प्रेम चर्चा को विषयमा नम्रता श्रेष्ठले स्पष्टीकरण दिएकी छन्। केही दीन अघि पूर्व मिस नेपाल नम्रता श्रेष्ठ तथा अभिनेता सलिनमान बनिया एयरपोर्टमा एकसाथ देखिए । अर्की अभिनेत्री निरुता सिंहलाई स्वागत गर्न राती १० बजे एयरपोर्ट पुगेका पत्रकारहरूले नम्रता र सलिनमान लाई एकसाथ देखेपछि हतार हतार भिडियो खिचे । उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि ठुलै गसिप पनि भयो । सलिनमान र नम्रता प्रेममा रहेका हेडलाइनहरू बने ।
केही समयअघिको अन्तर्वार्ता नम्रताले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् । यस कारण पनि कतै सलिनमान र नम्रता प्रेम सम्बन्धमा त छैनन् भन्ने गसिप चल्यो । यता सलिनमान यस विषयमा मौन छिन् । अन्तत: नम्रताले भने मुख खोलेकी छन् । उनी भन्छिन्, ‘हामी मिल्ने साथी हौ, त्यो दीन हाम्रो अर्को एक साथीको बर्थडे थियो । मेरो फ्लाइट लेट हुने भएका कारण सलिनमानजीलाई अन्य साथीहरूले एयरपोर्टमै पीक अप गर्न पठाउनुभएछ । भएको यती नै हो । हामी साथी भएका कारण यसपछि पनि पुन एकसाथ देख्न सक्नुहुनेछ । प्रेम सम्बन्धको असत्य चर्चा बन्द गर्नुहोस्।’







१२ भाद्र २०८२, बिहीबार १६:०२ 








