हमालकै अगाडि ब्यंग्य, ‘मेरो अहिले सम्म बिहे भएन, राजेश हमालको बिडो थाम्छु कि’ (भिडियो)

फागुन, काठमाडौं । केहि दिन अघिको कुरा हो । अभिनेता राजेश हमाल नुवाकोटको चारघरेमा रुद्रकाली मन्दिर उद्घाटन गर्न पुगेका थिए । उनी सँगै काठमाडौंबाट अन्य गायक गायिकाहरु पनि त्यस ठाउँमा पुगेका थिए । राजेश बिशेष अतिथिको रुपमा स्टेजमा बसिरहेका थिए त्यसैबेला एक गायिकाको गीत गाउँने पालो आयो तर उनले गीत गाउँनु भन्दा अघि केहि हँसाउने खुराकहरु भन्न थालिन् । उनीहुन् लोक दोहोरी गायिका शर्मिला श्रेष्ठ ।

‘म ३० बर्ष भैसकें तर अझै बिहे भएन, कतै राजेश हमालको बिडो थाम्छु कि’, उनले स्टेजमा बसेका राजेशलाई हेर्दै भनिन् । राजेश भने मुसुमुस हाँस्दै थिए । त्यस्तै उनले केहि लामो समयनै बिभिन्न कुराहरुमा ब्यंग्य गरेकी थिइन् । बेलाबेलामा राजेश माथिको ब्यंग्यले उपस्थित दर्शक खुबै हाँसेका थिए ।

शर्मिलाले गाएको गीतमा राजेश हमाल लगायत अन्य अतिथिहरु पनि धेरै बेर नाँचेका थिए ।

गायिका शर्मिला श्रेष्ठको प्रस्तुती तलको भिडियोमा हेरौं ।