काठमाडौं । फिल्म ‘शिवांश’ कात्तिक २७ गते रिलिज हुने भएको छ । पोखरामा छायांकन गरिएको फिल्मको यतिबेला पोस्टप्रोडक्सन कार्य भैरहेको छ ।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी छन् ।
कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय छ ।







१५ भाद्र २०८२, आईतवार ०९:५८ 








